सत्ता र शक्तिका आडमा आफ्नो ज्यान लिन सक्ने अझै पनि जोखिम रहेको भन्दै जनता समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवले नेकपाका सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ किसन र पूर्वआइजिपी सर्वेन्द्र खनालविरूद्ध मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।
महोत्तरीबाट आफूलाई अपहरण गरी बन्धक बनाएर काठमाडौं ल्याएकोले अझै पनि उनीहरुबाट आफ्नो ज्यानको जोखिम रहेको भन्दै यादवले जीवन रक्षाको माग गर्दै आयोजमा उजुरी गरेका हुन् ।
सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्वआइजिपी खनाललाई पक्राउ गरी आवश्यक छानबिन र कारबाही गर्नुपर्ने उनको माग छ ।
यादवले महानगरीय प्रहरी परिसर, सरकारी वकिल कार्यालय काठमाडौंमा किटानी जाहेरी दिए पनि प्रहरी र वकिलले दर्ता गर्न मानेका थिएनन् ।
त्यसपछि बिहीबार पुल्चोकस्थित मानव अधिकार आयोग पुगेर सांसद यादवले उजुरी दिएका हुन् ।
यादवका अनुसा काठमाडौंबाट गएका सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्वआइजिपी खनालले वैशाख १० गते काठमाडौं ल्याएका थिए।
प्रतिक्रिया