बम नचिनेर खेलाउदा चार बालबालीकाको ज्यान गयो

शुक्रबार, १९ बैशाख २०७७, ०७ : ३५

रोल्पाको त्रिवेणी गाउँपालिकामा बम विस्फोट हुँदा  चार जना बालबालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बाखा्रा चराउन गएका बालबालिकाले खेलाउन सोचेर पुरानो बम नचिनेकाले खेलाएका थिए । त्यही खेलाउने क्रममा बम विस्फोट भएको र चार बालबालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं। ७ निवासी लालबहादुर खत्रीका ५ वर्षीय छोरा विजय खत्री, उनकी ११ वर्षीया दिदी विमला खत्री, लक्ष्मण नेपालीका १३ वर्षीय छोरा गौरब नेपाली र ओजबहादुर डाँगीका १४ वर्षीय छोरा नोखिराम डाँगी रहेका छन्।

शुक्रबार, १९ बैशाख २०७७, ०७ : ३५

प्रतिक्रिया