काठमाडौं र ललितपुरमा २ जना मृत अवस्थामा फेला

शुक्रबार, १९ बैशाख २०७७, १६ : १७

काठमाडौं । काठमाडौं महानगरपालिका १५ स्वयम्भूस्थित कारखाना चोक डेरा गरी बस्ने एक जना मृत अवस्थामा फेला परेका छन् । 
 
नागार्जुन नगरपालिका ५ छकडोल घर भएका ५५ वर्षीय कृष्ण बहादुर तामाङ आफ्नै कोठामा बिहीबार साँझ मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी ललितपुरको गोदाबरी नगरपालिका ३ नँयाबाटोस्थित जस्ताले बनाएको टहरामा बस्दै आएकी एक महिला पनि मृत फेला परेकी छिन् ।

 रुकुम घर बताउने उनी सोही टहरोभित्र बिहीबार दिउँसो मृत अवस्थामा फेला परेकी हुन् । हाल उनको नाम, थर, खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

शुक्रबार, १९ बैशाख २०७७, १६ : १७

प्रतिक्रिया