भोलि पनि नहुने भयो क्याबिनेट बिस्तार, किन भइरहेछ ढिलाई ?

६ बर्ष अगाडि

चितवन–प्रधानमन्त्री केपी शर्मा  ओलीले  सोमबार मन्त्रिमण्डल बिस्तार गर्ने भएका छन् ।  सपथको समय दिउँसो ३ बजेको लागि राखिएको सत्ता साझेदार तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जानकारी दिए ।  आइतबार क्याबिनेट बिस्तार हुने अपेक्षा गरिएको बेला प्रचण्डले यस्तो बताएका हुन् । 
शनिबार प्रेस सेन्टर  र प्रेस चौतारी नेपालले चितवनमा संयुक्त रुपमा  आयोजना गरेको पत्रकार सम्मेलनमा  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने,  ‘बिहानमात्रै प्रधानमन्त्रीजीसँग मेरो कुरा भयो ।  पर्सी ३ बजे सपथ हुन्छ र मन्त्रिमण्डलले पूर्णता पाउँछ’, भोलि बेलुकासम्म नाम पनि फाइनल हुन्छ ।’
दुई पार्टीभित्र मन्त्रीका आकांक्षी धेरै रहेर नेतृत्वलाई मिलाउन सकस पर्दा क्याबिनेटलाई पूर्णता दिन ढिलाई भएको बताइएको बेला प्रचण्डले यस्तो बताएका  हुन् । 
फागुन ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका दुई  नेतालाई मन्त्री बनाउनु बाहेक थप मन्त्रीपरिषद् बिस्तार  गर्न सकेका छैनन्। 
दुई पार्टीबीच अहिले भागबण्डा मिलिसकेको भएपनि मन्त्रीको नामबारे दुबै पार्टीले टुंगो लगाउन नसक्दा ढिलाइ भइरहेको बुझिएको छ ।  एमाले र माओवादी केन्द्रबीच भएको समझदारी अनुसार एमाले  १० र माओवादी केन्द्रले ७ मन्त्रालय पाउने भएका छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया