खोलामा डुबेर एक बालकको मृत्यु

शनिबार, २० बैशाख २०७७, १८ : ५०

लकडाउनका समयमा माछा मार्न गएका एक बालकको आज प्युठानको माडी खोलामा डुबेर मृत्यु भएको छ ।  माछा मार्नका लागि साथीसँगै खोलामा गएका स्वर्गद्वारी नगरपालिका – ३ बाटुलेका १० वर्षीय आरजु खत्रीको डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय भिङ्ग्रीले जनाएको छ । 

खत्रीको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा राखिएको   इलाका प्रहरी कार्यालयका प्रमुख बुद्धि रानाले जानकारी दिए ।
 

शनिबार, २० बैशाख २०७७, १८ : ५०

प्रतिक्रिया