बजार भाउ भन्दा बढी मूल्यमा सिमेन्ट बिक्री गरेको अभियोगमा पक्राउ

आइतबार, २१ बैशाख २०७७, १८ : ३३

बजार भाउ भन्दा बढी मूल्यमा सिमेन्ट बिक्री गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका ११ स्थितआनन्द ईन्टरप्राईजेज हार्डवयरका संचालक सोही ठाउँ बस्ने ४८ वर्षीय  रामप्रताप साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
 
बजार भाउ भन्दा बढी मूल्यमा सिमेन्ट बिक्री गर्दै गरेकोअवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले विभिन्न ब्रान्डका ४९ बोरा सिमेन्ट सहित साहलाई पक्राउ गरेको हो ।     
    
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

आइतबार, २१ बैशाख २०७७, १८ : ३३

प्रतिक्रिया