(नेकपा)का प्रवक्ता श्रेष्ठद्धारा पार्टीमा रडाको मच्चाउने योजनामा फेरि को लाग्दैछ ? भन्दै आक्रोश व्यक्त

मंगलबार, २३ बैशाख २०७७, १२ : ३१

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता तथा  स्थायी समिति सदस्य नारायणकाजी श्रेष्ठले पार्टीमा फेरि झुटा प्रचार हुन थालेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

पार्टी एकताको रक्षा गर्दै कमजोरी सच्चाएर अघि बढिरेहका बेला भ्रामक प्रचार हुन थालेको भन्दै श्रेष्ठले पार्टीमा रडाको मच्चाउन को लाग्दैछ भनेर आक्रोश व्यक्त गरेका छन् ।

मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘हाम्रो पार्टीमा पार्टी एकताको रक्षा गर्दै कमजोरीहरुलाई सच्च्याएर नयाँ शिराबाट काम गर्ने सहमति भएपछि हिजोदेखि फेरि झुटा भ्रमात्मक समाचारहरु प्रचारित हुन थालेका छन्, पार्टीमा रडाको मच्चाउने योजनामा फेरि को लाग्दैछ? सचेत होऔं.२० गतेको सचिवालय वैठकको निष्कर्ष लागू गरौ ं। अन्यथा नगरौं ।’


 

मंगलबार, २३ बैशाख २०७७, १२ : ३१

प्रतिक्रिया