कोरोना कारण मृत्यु हुनेको संख्या २ लाख ५८ नाघ्यो, ४९ हजारभन्दा बढीको अवस्था गम्भीर

बुधबार, २४ बैशाख २०७७, १४ : ५८

माहमारीको रुपमा विश्वभर फैलिएको  कोरोना भाइरस (कोभिड १९) को  संक्रमणबाट हालसम्म २ लाख ५८ हजार बढीको मृत्यु भएको छ ।  कोरोना भाइरसको संक्रमणका कारण २ लाख ५८  हजार ५ सय १४ जनाको मृत्यु भएको हो ।

विश्वभर कोरोना भाइरसको संक्रमितको संख्या ३७ लाख ४१ हजार नाघेको  छ ।
१२ लाख ४७ हजारभन्दा बढी  उपचारपछि घर फर्किएका छन् ।  जसमध्ये  ४९ हजार २ सय ३५ जनाको अवस्था गम्भीर रहेको छ । 

हालसम्म मृत्यु हुनेमा सबैभन्दा धेरै अमेरिकामा ७२ हजार २७५ जनाको मृत्यु भएको छ  । पछिल्लो २४ घण्टामा अमेरिकामा २ हजारभन्दा बढीको  मृत्यु भएको छ ।

इटलीमा २९ हजार ३१५, स्पेनमा २५ हजार ६१३, बेलायतमा २९ हजार ४२७, फ्रान्समा २५ हजार ५१३  जनाको ज्यान गइसकेको छ ।
 
नेपालमा कोरोना भाइरसको सङक्रमित संख्या ८२ पुगेको छ। सङक्रमित मध्ये १६ जना उपचार पछि निको भएर घर फर्किसकेका छन भने अन्यको उपचार भइरहेको छ ।

बुधबार, २४ बैशाख २०७७, १४ : ५८

प्रतिक्रिया