भोलि बुद्ध जयन्तीको दिन  साँझ दीप प्रज्वलन समपूर्ण जनतालाई सरकारको आह्वान

बुधबार, २४ बैशाख २०७७, १६ : ३५

सरकारले भोलि बिहीबार  बुद्ध जयन्तीको दिन  साँझ दीप प्रज्वलन गर्न समपूर्ण जनतालाई आह्वान गरेको छ।

बुधबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गर्ने निर्णय गरेको हो। कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य कर्मी र सुरक्षाकर्मीहरु फ्रन्टलाइनमा बसेर काम गरिरहेका छन्।

सरकारले बुद्ध जयन्तीका दिन सार्वजनिक विदा दिने गरेको छ। तर लकडाउनका कारण यसपटक सार्वजनिक विदाको औचित्य देखिएको छैन।
 

बुधबार, २४ बैशाख २०७७, १६ : ३५

प्रतिक्रिया