आइएमएस ग्रुपद्वारा नेपाल पत्रकार महासंग, सिनामंगललाई हिजो २४ गते सात हजार मास्क हस्तान्तरण गरेको छ ।
विश्वव्यापी महामारी कोरोना भाइरसको कारण सारा विश्व संकटमा छ र सामाजिक दूरीलाई बढावा दिन सरकारको निर्देशन छ । अझैपनि पत्रकारहरु घरबाट बाहिर निस्कि आफ्नो कार्य र कर्तव्य गर्दै देशको सेवा गर्दैछन । विश्वव्यापी महामारीको सुरु भएदेखि नै मास्कको अभाव भएको थियो, आईएमएस ग्रुुपका अध्यक्ष दीपकमल्होत्राले कर्पोरेट सामाजिक उत्तरदायित्वको अंश पूरा गर्न पर्याप्त मात्रामा मास्क प्रदान गरेका छन् ।
आइएमएस ग्रुप एक स्थानीय समूहहो जसको अन्तर्गत २० भन्दा बढी कम्पनिहरु छन् आईएमएस नेपालमा सामसङ्ग स्मार्ट फोनको राष्ट्रिय वितरक हो । सन् १९९८ मा आधिकारिक रूपमा मोबाइल फोन आयात गर्ने यो नेपालको पहिलो कम्पनी हो । कम्पनीले विगत २७ बर्षमा विशाल उन्नती गरेको छ, जुन आईएमएस ग्रुपको कम्पनीहरूको संख्याबाट स्पष्टसँग देख्न सकिन्छ । कम्पनीले लक्जरी कोरियाली अटोमोबाइल ब्रान्ड साङ्योङ्गको डिलरसिपपनिप्राप्त गरेको छ र हालसालै नेपालका लागि डाक्टरब्राउन, क्रेन, हिमालय, बीबी लभ, एनर्जाइजर र डीजिआइ जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको डिलरशिपपनिप्राप्त गरेको छ । यसले शिक्षा, बैंकि,निर्माण, कृषि र अन्य धेरैमाआफ्ना सेवाहरू विस्तार गरेको छ ।
प्रतिक्रिया