मापसे गरेर एम्बुलेन्स चलाएका चालकले कारलाई दिए ठक्कर

विहीबार, २५ बैशाख २०७७, १८ : ५८

काठमाडौं । राजधानीको गौशालामा मादक पदार्थ सेवन गरि एम्बुलेन्स चलाउँदा चालकले एक निजि कारलाई ठक्कर दिएका छन् ।

बिहीबार अपरान्ह बा ८ छ ६९२८ नंको एम्बुलेन्सले मित्रपार्कबाट एयरपोर्ट तर्फ आउदै गरेको बा १० च ८५१३ नं् को निजि कारलाई  ठक्कर दिएको थियो ।

उक्त घटनामा निजी कार चालक २९ वार्षिय  सविन श्रेष्ठ सामान्य घाइते भएका छन्।  एम्बुलेन्स चालक मोरङ पथरीका  ३६ वर्षीय राम बहादुर चौधरीसँग लाईसेन्ससमेत नभएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

दुवै सवारी साधन र चालक महानगरीय ट्राफिक प्रहरी वृत्त, गौशलाको नियन्त्रणमा रहेका छन्।

विहीबार, २५ बैशाख २०७७, १८ : ५८

प्रतिक्रिया