फेरि २ जना थपिए कोरोना संक्रमित

विहीबार, २५ बैशाख २०७७, २१ : ००

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १०० जना नाघेको छ । बिहीबार थप दुई नयाँ संक्रमित थपिएपछि  संक्रमितको संख्या १०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
कपिलबस्तुका १३ वर्षीय र २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुको अवस्था सामँन्य रहेको छ । 

विहीबार, २५ बैशाख २०७७, २१ : ००

प्रतिक्रिया