काठमाडौं । गुल्मी, दोलखा र सुर्खेतमा गरी ३ जना मृत अवस्थामा फेला परेका छन् ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका ५ बगाउने बस्ने टेक बहादुर घर्तीको घरमा बस्दै आएकी बाग्लुङ गालकोट नगरपालिका(३ हटिया घर भएकी ११ वर्षीया सरिता विक आफ्नै कोठामा शुक्रबार दिउँसो मृत अवस्थामा फेला परेकी छन् ।
यसैगरी दोलखाको शैलुङ गाउँपालिका(५ स्थित गोरेटो बाटोमा सोही गाउँपालिका(५ घ्याङडाँडा बस्ने ४९ वर्षीय कृष्ण बहादुर कार्की शुक्रबार दिउँसो मृत अबस्थामा फेला परेका छन् ।
यसैगरी सुर्खेतको चपुरी नगरपालिका(९ राग बस्ने ७५ वर्षीया खगिसरा पौडेलको घरदेखि अन्दाजी ३ सय ५० मिटर टाढा रहेको तलाउमा डुबेर मृत्यु भएको छ । उनी मृत अवस्थामा शनिबार बिहान फेला परेकी थिइन् ।
तीन वटै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
प्रतिक्रिया