नेपालमा कोरोना संक्रमितको संख्या १२० पुग्यो

सोमबार, २९ बैशाख २०७७, ०८ : ४९

नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ ।कपिलबस्तुमा १० जना कोरोना संक्रमित थपिएका हुन ।
मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं। ५ तथा बुद्धभुमि नगरपालिका वडा नं। ७ र १० का हुन् । उनीहरु १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु छन् । एक जना पुरुषको भने उमेर खुलेको छैन ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौको प्रयोगशालाामा गरीएको परिक्षणमा नयाँँ सक्रमित पुष्टि भएका हुन ।
उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । 

सोमबार, २९ बैशाख २०७७, ०८ : ४९

प्रतिक्रिया