लिपुलेकस्थित सडक निर्माण गरेको विरोध गर्दै जलाइयो मोदी र ओलीको पुत्ला

सोमबार, २९ बैशाख २०७७, १३ : २१

भारतले लिपुलेकस्थित नेपाली भूमि मिचेर चीनको मानसरोबर जाने सडक निर्माण गरेको विरोध मा प्रदर्शनमा उत्रिएका युवा–विद्यार्थीले  आज सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलार्ई विरोध  गरेका छन् ।

युवा सीमा बचाउ अभियान अन्तर्गतका युवा–विद्यार्थीले प्रदर्शनको क्रममा बबरमहलमा मोदी र ओलीको पुत्ला जलाएका  गरेका हुन् ।

युवा–विद्यार्थी हरुले गएको शनिबारदेखि प्रदर्शन गर्दै आएका छन् ।

यसै क्रममा आज मध्यान्नमा उनीहरुले मोदी र ओलीको पुत्ला जलाएका हुन् । आइतबार संसद भवन अगाडि प्रदर्शन गरेका उनीहरुले शनिबार माइतीघरमा जुलुश निकालेका थिए ।

सोमबार, २९ बैशाख २०७७, १३ : २१

प्रतिक्रिया