राष्ट्रपतिद्वारा स्वास्थ्यकर्मीप्रति सराहना

मंगलबार, ३० बैशाख २०७७, १५ : ०८

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी कोरोना भाइरस महामारीविरुद्धको लडाइँमा खटिनुभएका स्वास्थ्यकर्मीप्रति सराहना व्यक्त गरेकी छन्  । 

अन्तर्राष्ट्रिय नर्सिङ दिवस तथा फ्लोरेन्स नाइटिङ्गेलको २००औँ जन्मजयन्तीको अवसरमा उनले आफ्नो ट्वीटमा शुभकामना दिँदै कोरोना महामारीविरुद्धको लडाइँमा उच्च मनोवलका साथ अग्रमोर्चा रहेर खटिएका सम्पूर्ण नर्स, चिकित्सक र स्वास्थ्यकर्मीको समर्पण र सेवाभावको सराहना व्यक्त गरेकी छन् ।

मंगलबार, ३० बैशाख २०७७, १५ : ०८

प्रतिक्रिया