माइतीघरमा प्रदर्शन गर्नेलाई प्रहरीले विद्युतीय झड्का लगाएको पाइयो

विहीबार, ०१ जेठ २०७७, ०७ : ५६

भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा माइतीघर क्षेत्रमा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले विद्युतीय झड्का प्रयोग गरेको पाइएको छ।  विद्यार्थीले गरेको सो प्रदर्शनमा विद्युतीय झड्का प्रयोग गरेको पाइएको कान्तिपुर दैनिकमा खबर छ । 
प्रहरीले विद्युतीय झट्का दिने इलेक्ट्रोनिक सकर २०६२–०६३ को जनआन्दोलनमा प्रयोग गरेको थियो । 
हुलदंगा हुँदा कसैलाई नियन्त्रणमा लिनुपर्दा वा दंगा गर्नेलाई भागाउन उक्त इलेक्ट्रोनिक सकर प्रयोग गरिने प्रहरीले जनाएको छ । 
तर माइतीघरमा सोमबार शान्तिपूर्ण रुपमा भेला भएका विद्यार्थीमाथि प्रहरीले उक्त डिभाइस प्रयोग गरेको हो । 
पूर्वमहान्यायाधीवक्त रमण श्रेष्ठले प्रहरीले झट्का दिनुलाई मौलिक अधिकार र मानवअधिकार विरुद्धको कार्य भएको टिप्पणी गरे । 
प्रहरी प्रवत्ता निरजबहादुर शाहीले भने फिल्डमा खटिएका अधिकृतलाई यसबारे थाहा हुने प्रतिक्रिया दिए । 
 

विहीबार, ०१ जेठ २०७७, ०७ : ५६

प्रतिक्रिया