क्वारेन्टाइनबाट युवती फरार

विहीबार, ०१ जेठ २०७७, १३ : ४९

बर्दियाको मधुवन नगरपालिका– ८ शिवदुर्गा माध्यमिक विद्यालय दुर्गापुरमा रहेको क्वारेन्टाइनबाट आज बिहान एक युवती फरार भएकी छन् । उनी भागेको जानकारी पाउनासाथ खोजी भइरहेको वडाध्यक्ष विजय रानाले बताए । 

काममा रहेका प्रहरी शौच गर्न गएको मौका छोपी युवती फरार भएकी हुन् ।  विद्यालयमा ४३ शय्या रहेकामा अहिले त्यहाँ पाँच जना मात्र  छन् । तीमध्ये चार पुरुष र एक महिला थिए । निज युवती पाँच दिनअघि मात्र बाँकेबाट आएकी हुन् ।
 

विहीबार, ०१ जेठ २०७७, १३ : ४९

प्रतिक्रिया