सरकारले सवारीसाधन चलाउन यसअघि जारी भएका सबै पास रद्द गर्ने

विहीबार, ०१ जेठ २०७७, १७ : ४६

सरकारले शनिबारदेखि लागू हुनेगरी सवारीसाधन चलाउनका लागि यसअघि जारी भएका सबै पास रद्द गर्ने निर्णय गरेको छ । 

आज बिहीबारदेखि एक जिल्लाबाट अर्को जिल््ला जानका लागि जारी भएको पास रद्ध गरिएकोमा शनिबारदेखि भने जिल्लाभित्रै पनि पासलाई मान्यता नदिने गरी रद्द गरिएको गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । 

‘जेठ ३ गतेदेखि लागू हुने गरी यसअघि जारी भएका कुनैपनि पासले मान्यता पाउने छैन । अब पास बाहकले जिल्लाभित्रै पनि सो पास प्रयोग गर्न पाउँदैन’, उनले भने । सरकारले जारी गरेको लकडाउन जेठ ५ सम्म छ भने फेरि पनि लकडाउन थपिने बताइएको छ ।


 

विहीबार, ०१ जेठ २०७७, १७ : ४६

प्रतिक्रिया