देशको २४ जिल्लामा कोरोना संक्रमण

शुक्रबार, ०२ जेठ २०७७, १३ : ४३

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म  दशको २४ जिल्लामा कोरोना  संक्रमित पाइएका छन् । कुल संक्रमित संख्या भने २ सय ५८ छ । आज  बिहान मकवानपुरमा १ जना र बाँकेको नरैनापुरका ८ जनामा संक्रमण देखिएको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।विकास देवकोटाका अनुसार हालसम्मका संक्रमितमा २ सय ९ पुरुष र ४९ जना महिला छन् । तीमध्ये ३६ जना निको भएर अस्पतालबाट घर फर्किसकेका छन् ।

संक्रमण देखिएका २४ जिल्लामध्ये तराईका १७ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । 

अहिलेसम्म सबैभन्दा बढी पर्सामा ८५ जनामा कोरोना संक्रमण देखिएको छ । पर्सामा संक्रमण पुष्टि भएकामध्ये ३ जना निको भएका छन् ।

त्यस्तै कपिलवस्तुमा ३९, बाँकेमा ३३, उदयपुरमा ३२, रुपन्देहीमा २८, काठमाडौंमा ८, कैलालीमा ४, बारा र रौतहट, बारा र धुनषामा ३–३ जनामा संक्रमण देखिएको छ । त्यसैगरी झापा, महोत्तरी, सर्लाही, चितवन, बागलुङ र भक्तपुरमा २–२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै सप्तरी, नवलपरासी पश्चिम, नवलपरासी पूर्व, बर्दिया, कञ्ञ्चनपुर, धादिङ, भोजपुर र मकवानपुरमा एक–एक जनामा कोरोना संक्रमण देखिएको छ 

शुक्रबार, ०२ जेठ २०७७, १३ : ४३

प्रतिक्रिया