नेपालमा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ ।
धरान र नेपालगञ्जमा गरिएको परीक्षणबाट थप ९ जनामा संक्रमण भेटिएको हो । संक्रमण देखिनेमा विरगञ्जका ९ र १० वर्षीय बालक छन् भने २३ र ४७ वर्षीया महिला रहेका छन् ।
त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका बस्ने २५ वर्षीय पुरुष, दाङको गढवा ४ र ५ र तुलसीपुर ७ का २३, ३६, ३४ वर्षीय पुरुष रहेका छन् । त्यस्तै काठमाडौं सतुंगल निवासी ७ वर्षीय बालकमा पनि कोरोना संक्रमण देखिएको छ ।
योसँगै कुल संक्रमितको संख्या २६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया