काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) बाट नेपालमा संक्रमित हुनेको संख्या २६७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालका २५ जिल्लामा कोरोनाभाइरसको संक्रमण फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।
मन्त्रालयका अनुसार हालसम्म पर्सा, रुपन्देही, उदयपुर, कपिलवस्तु, बाँके, काठमाडौं, धादिङ, कैलाली, बारा धनुषा, रौतहट, बाग्लुङ, चितवन, झापा, महोत्तरी, भक्तपुर, बर्दिया, भोजपुर, कञ्चनपुर, नवलपरासी (पश्चिम)ं, सप्तरी, सर्लाही, नवलपुर, मकवानपुर र दाङ जिल्ला निवासीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
हालसम्म सबैभन्दा धेरै संक्रमित पर्सामा फेला परेका छन् । शुक्रबार रातिसम्म पर्सामा ८९ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
यसैगरी कपिलवस्तुमा ३९, बाँकेमा ३३, रुपन्देहीमा २८, उदयपुरमा ३३, काठमाडौंमा ९, धादिङमा १, कैलालीमा ४, बारामा ३ जनामा कोरोना पुष्टि भएको छ ।
यसैगरी धनुषामा ४, रौतहटमा ३, बाग्लुङमा २, चितवनमा २, झापामा २, महोत्तरीमा २, भक्तपुरमा २, बर्दियामा १, भोजपुरमा १, कञ्चनपुरमा १, नवलपरासी (पश्चिम) मा १,
सप्तरीमा १, सर्लाहीमा १, पूर्वी नवलपरासीमा १, मकवानपुरमा१ र दाङमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म संक्रमित मध्ये ३६ जना निको भएर घर फर्किएका छन् ।
यसैबीच मकवानपुर र दाङ निवासीमा शुक्रबारमात्रै कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाको संक्रमण पुष्टिमा गुणात्मक वृद्धि भएपछि चौतर्फी त्रास बढेको छ ।
प्रतिक्रिया