युकेमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको ६३

शनिबार, ०३ जेठ २०७७, ११ : ४१

कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपालीको सङ्ख्या ६३ पुगेको छ । लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले शुक्रबार यो जानकारी दिएका हुन्  । हालसम्म मृत्य हुनेमा ५२ पुरुष र ११ महिला रहेका छन् । 

दूतावासको पहलमा गठन गरिएको सूचना सङ्कलन सहयोग समितिमार्फत दिएको जानकारीमा हालसम्म मृत्यु हुने भूपू गोरखा सैनिकको सङ्ख्या ५२ र गैरसैनिकको सङ्ख्या ११ छ । गत सोमबार दूतावासले कोरोनाबाट निधन हुनेको सङ्ख्या ६० पुगेको बताएको थियो ।
 

शनिबार, ०३ जेठ २०७७, ११ : ४१

प्रतिक्रिया