थप १० जनामा कोरोना संक्रमण , संक्रमितको संख्या २९१ पुग्यो

आइतबार, ०४ जेठ २०७७, १० : ०४

 थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा भएको परीक्षणमा १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार बिहान विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

आइतबार बिहान संक्रमण पुष्टि हुनेमा सबै रौतहटका बासिन्दा हुन् । रौतहटको राजपूर नगरपालिका–९ फरहदवाका १८, ३२, ३६, ३९ (दुईजना), ४२ र ४८ वर्षका पुरुष तथा रौतहटकै इशनाथ नगरपालिका–३ र ५ का २८, ३० र ३३ वर्षका पुरुष रहेको मन्त्रालयका सह–प्रवक्ता डा। समिरकुमार अधिकराीले बताएका छन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २९१ पुगेको छ ।

आइतबार, ०४ जेठ २०७७, १० : ०४

प्रतिक्रिया