नेपालको संसदमा भारतको समर्थन

सोमबार, ०५ जेठ २०७७, ०८ : २७

भारतले नेपाली भूमिमा एकतर्फी सडक खन्न हुने, तर नेपालले आफ्नो नक्सा जारी गर्दा भारत र चीनको समर्थन लिनुपर्ने सांसदको तर्क सुनेर नेपालीले उदेक मानेका छन् ।

भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नक्सा जारी गर्ने नेपाल सरकारको प्रयासमाथि समाजवादी पार्टीकी सांसद सरिता गिरीले संसद्मै विरोध गरेकी छिन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै आइतबार सांसद गिरीले भारत र चीनसँग संवाद नगरी नक्सा जारी गने  घोषणाले सरकारको परराष्ट्रनीतिमाथि प्रश्न उठेकोसमेत बताइन् । 

‘लिपुलेकको विवाद पनि आएको छ । भारत र चीनसँग संवादविना नै जसरी राष्ट्रपतिको मुखबाट नयाँ नक्सा सार्वजनिक गर्ने  कुरा गरियो, त्यसले चाहिँ विदेशनीतिको क्षमतामाथि प्रश्नचिह्न उठाउँछ,’ उनले भनिन्, ‘एकातिर राष्ट्रपतिले नयाँ नक्सा सार्वजनिक गर्ने  बताउने अर्को तिर परराष्ट्रमन्त्रीले नक्सा सार्वजनिक गर्न संविधान बाधक छ भने । विदेशनीति जुवा होइन । ग्याम्ब्लिङ होइन । यहाँ तपाईं दुई छिमेकीसँग वार्ता गरिरहनुभएको छ । दुई छिमेकीसँग बार्ता गर्नुपर्छ ।’  नयाँ पत्रिकामा खबर छ ।

कोरोनाबाट मृत्यु भएका २ जनामा फरक–फरक लक्षण देखियो नेपालमा कोरोनाभाइरबाट मृत्यु भएका २ जनामा फरक फरक लक्षण देखिएको छ।  धुलीखेल अस्पतालमा बिहीबार मृत्यु भएकी २९ वर्षीया महिलामा सुख्खा खोकी, श्वासप्रश्वासमा समस्याका साथै निमोनिया देखिएको थियो । 

आइतबार बाँकेको नरैनापुरको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय युवकलाई करिब दुई घण्टासम्म बान्ता भएको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेका अनुसार पहिलाको एक्सरे प्रतिवेदनमा दुवै फोक्सोमा निमोनिया देखिएको थियो  । युवकको थप रिपोर्ट आउन बाँकी छ । कान्तिपुर दैनिकमा खबर छ । 

नेपालीले गाडेको नेपाली झण्डा एसएसबीले लगे काठमाडौं । भारतले आफ्नो भनी दावी गरेको क्षेत्रमा पाँचथर र इलाममा विद्यार्थीले गाडेको राष्ट्रिय झण्डा भारतीय सुरुक्षाकर्मीले हटाएका छन् । 

नेविसंघका जिल्लास्तरका नेताले भारतीय अतिक्रमणको विरोध गर्दै सन्तकपुुर–आहाल क्षेत्रमा राष्ट्रिय झण्डा फहराएका थिए । १० मिनेट नबित्दै अँएका भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जहानहरुले झण्डा उठाएर लगेको कान्तिपुर दैनिकमा खबर छ ।

सोमबार, ०५ जेठ २०७७, ०८ : २७

प्रतिक्रिया