राष्ट्रियसभामा प्रमको जवाफ

मंगलबार, ०६ जेठ २०७७, १६ : २१

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयबारे आज राष्ट्रियसभाको बैठकमा जवाफ दिएका छन्  । उनले छलफलमा उठेका विषयवस्तुमा सरकारको ध्यान गएको र आउँदो बजेट तर्जुमा र सरकारको कामका सन्दर्भमा प्राप्त सुझावलाई मनन गरिने विश्वास दिलाए ।

लामो सङ्घर्ष र बलिदानपछि देशले स्थिर र दूरदृष्टियुक्त सरकार प्राप्त गरेको उल्लेख गर्दै उहाँले सरकार कोरोना महामारीसँग सामनासहित ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षामा दृढताका साथ अघि बढिरहेको स्पष्ट गरे प्रधानमन्त्री ओलीले यसअघि आजै प्रतिनिधिसभाको बैठकमा यस्तै प्रकारको जवाफ दिएका थिए । प्रधानमन्त्री जवाफपछि बैठकमा नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।
 

मंगलबार, ०६ जेठ २०७७, १६ : २१

प्रतिक्रिया