नेपाली सेनाद्वारा चीनबाट खरिद गरिएका स्वास्थ्य सामग्रीहरु नेपाल आइपुग्यो

मंगलबार, ०६ जेठ २०७७, २२ : ३७

नेपाली सेनाद्वारा मित्रराष्ट्र चीनबाट खरिद गरिएका कोभिड–१९ को रोकथाम, नियन्त्रण र प्रतिकार्यको लागि आवश्यक पर्ने औषधी, उपकरण तथा अन्य सामग्रीहरु नेपाल आईपुगेको छ ।

चीनको सरकारी स्वामित्वको चाइना सिनोफर्मा इन्टरनेशनल कर्पोरेशन कम्पनीसँग नेपाली सेनाले गरेको खरिद सम्झौता अनुसारका सामानहरु नेपाल आएको हो । 

यसअघि जेठ ३ गते तातोपानी नाका हुँदै १० वटा कन्टेनरबाट २ सय ६५ क्युविक मिटर सामान नेपाल आइसकेको थियो । मंगलबार मात्रै सेनाले नेपाल वायुसेवा निगमको जहाजमार्फत १८ दशमलब ७ टन सामान नेपाल ल्याएको छ भने तातोपानी नाकाबाट ५ वटा कन्टेनरमार्फत १ सय ७६ क्युविक मिटर सामान नेपाल ल्याइपुर्‍याएको छ ।
 

मंगलबार, ०६ जेठ २०७७, २२ : ३७

प्रतिक्रिया