गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको हल्ला फैलिएपछि अस्पतालले निकाल्यो यस्तो विज्ञप्ति

मंगलबार, ०६ जेठ २०७७, २२ : ४१

गुल्मीका कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हल्ला फैलिएपछि उनी उपचाररत अस्पतालले खण्डन गरेको छ ।  

रुपन्देहीको क्रिमसन अस्पतालले एक विज्ञप्ति जारी गर्दै भ्रामक समाचारको पछि नलाग्न स्पट पार्दै संक्रमितको उपचार भइरहेको स्पष्ट पारेको छ । 

अस्पतालले ती ४१ वर्षीय संक्रमितको आईसीयू कक्षमा भेन्टिलेटरको सपोर्टमा उपचार भइरहेको स्पष्ट पारेको छ । 
 
गुल्मीका ती संक्रमितमा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनको अवस्था गम्भीर छ ।
 

 

मंगलबार, ०६ जेठ २०७७, २२ : ४१

प्रतिक्रिया