पत्रकार कार्डको र्दुप्रयोग गर्दै मोटरसाइकल लिएर चोरी

बुधबार, ०७ जेठ २०७७, १४ : २१

 लकडाउनको समयमा विभिन्न चोरीका घटनामा संलग्न भएको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरीको इटहरीका २१ वर्षीय हिमाल रसाइली र बाराका २८ वर्षीय अलि आलम मियाँ रहेका छन्। उनिहरुले गत चैत २४ गते चाबहिल भत्केको पुलस्थित डा। सुबिन मानन्धरको एप्पलको ल्यापटप र आई प्याड चोरेको महाशाखाको दावी छ।

अनुसन्धानका क्रममा उनिहरुले मोटरसाइकल लिएर चोरी गर्ने गरेको र प्रहरीलाई छल्न पत्रकारको कार्ड देखाउने गरेको प्रहरीले जनाएको छ।

त्यसअघि  चैत ३ गते पनि उनिहरुले सिनामंगलस्थित एक ब्वाइज होस्टलबाट चार वटा ल्यापटपसहित अन्य सामग्रीहरु चोरी गरेको प्रहरीको दावी छ।

बुधबार, ०७ जेठ २०७७, १४ : २१

प्रतिक्रिया