एकैदिन ३९ वटा अनलाइन कारबाहीमा

विहीबार, ०८ जेठ २०७७, १० : ११

काठमाडौं । बुधबार गुल्मीका एक कोरोना संक्रमितको मृत्युको समाचार लेख्ने ३९ वटा अनलाइनलाई प्रेस काउन्सिलले कारबाही गरेको छ । 

परिवारलाई तनाव हुनेगरी हतारोको झूठो समाचार सम्प्रेषण गरेकाले ३९ वटा अनलाइन सन्चार माध्यमलाई गल्ती नदोहोर्‍याउन कडा निर्देशन दिइएको प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए । 

साथै ८ वटालाई नेपालभित्र प्रशारण नहुने व्यवस्था मिलाइएको उनले बताए । यो भनेको नेपालभित्र हेर्न नसकिने गरी दर्ता नभएका त्यस्ता अनलाइन ब्लक गरिएको हो । 

प्रेस काउन्सिलको इतिहासमा पत्रकार आचारसंहिताअन्तर्गत एकैदिन यतिधेरै कारवाही भएको यो पहिलो घटना भएको श्रेष्ठले बताए । यसैबीच ती कोरोना संक्रमितको बिहिबार मृत्यु भएको छ ।

विहीबार, ०८ जेठ २०७७, १० : ११

प्रतिक्रिया