काठमाडौँको टेकुस्थित सरुवा रोग अस्पतालमा उपचार गराइरहेका चार जना कोरोना भाइरसका संक्रमित बिहीबार संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्।
टेकु अस्पतालमा उपचाररत उनीहरुको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको डा। विकास देवकोटाले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ४९ पुगेको छ।
यस्तै कोरोना संक्रमणका कारण अहिलेसम्म ३ जनाको निधन भएको छ। अहिलेसम्म ४५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
प्रतिक्रिया