काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाका बिहीबारदेखि सिल गरिएका छन् । लकडाउन अवधिभर अत्यावश्यक कामबाहेक सवारी लिएर वा पैदल आउनेलाई प्रवेश अनुमति नदिने व्यवस्था गर्न उपत्यकाका सबै स्थानीय तहलाई गृह मन्त्रालयले परिपत्रसमेत गरेको छ ।
गृहमन्त्री रामबहादुर थापा बादलसहित काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखको बैठकमा मेयरहरूले उपत्यकालाई तत्कालै सिल गर्न माग गरेका थिए । उनीहरूको माग अनुसार लकडाउन अवधिभर सबै नाकामा जाँच र निगरानीमा थप कडाइ गर्न गृहले दिर्नेशन दिएको हो । अत्यावश्यक कामबाहेक लुकिछिपी प्रवेश गर्नेहरूलाई पनि रोक्न निर्देशन गरिएको छ । नयाँ पत्रिकामा खबर छ ।
प्रतिक्रिया