काठमाडौं – काठमाडौं उपत्यकामा बिहानैदेखि पानी परेका कारण हवाई उडान प्रभावित भएको छ । बिहानैदेखि पानी पर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान प्रभावित भएको हो ।
काठमाडौंबाट लुक्लाका लागि तय भएको एउटा उडान ‘डिले’ भएको छ । त्यस्तै , रुकुमको एउटा उडान पनि डिले भएको विमानस्थल कार्यालयले जनाएको छ । कुवेतबाट आएको जजीरा एयरको जहाज काठमाडौंमा अवतरण हुन नसकेपछि भारतको वनारस ‘डाइभर्ट’ गरिएको छ ।
हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । अहिले काठमाडौंमा पनि वर्षा भइरहेको छ ।
प्रतिक्रिया