कञ्चनपुरमा चट्याङ लागेर गर्भवतीको मृत्यु

आइतबार, २१ बैशाख २०८२, १३ : १७

काठमाडौं–कञ्चनपुरमा चट्याङ लागेर गर्भवतीको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका–१२ की २४ वर्षीया लालमती रानाको मृत्यु भएको हो । वडाध्यक्ष नवलसिंह रानाका अनुसार बारीमा काम गरिरहेको समयमा आइतबार बिहान चट्याङ लागेर सातमहिने गर्भवती लालमतीको घटनास्थलमै मृत्यु भएको हो । लालमतीका २५ वर्षीय श्रीमान् रतनसिंह राना घाइते भएका छन् । उनलाई उपचारका लागि धनगढी ल्याइएको छ ।

मौसममा आएको परिवर्तनले आइतबार बिहान कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिमका अधिकांश जिल्लामा हावाहुरीसँगै वर्षा भएको थियो । सोही क्रममा विभिन्न स्थानमा चट्याङ खसेको थियो ।

 
 
आइतबार, २१ बैशाख २०८२, १३ : १७

प्रतिक्रिया