नेपाल माइक्रो इन्स्योरेन्सले बोलायो दोस्रो वार्षिक साधारणसभा

सोमबार, २२ बैशाख २०८२, १० : ५२

काठमाडौं- नेपाल माइक्रो इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा बोलाएको छ। 

कम्पनी सञ्चालक समितिको बैठकले साधारणसभा आगामी जेठ १६ गतेका लागि बैठक बोलाएको हो । सभा चितवनको भरतपुरस्थित भरतपुर गार्डेन रिसोर्टमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्षबाट पेस हुने गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन स्वीकृत गर्नेछ। सभाले गत आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीसहितको वित्तीय विवरण अनुमोदन गर्नेछ।

सभाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ। सभाले सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्नेछ।

सभाले सञ्चालकहरुको बैठक भत्ता, दैनिक भ्रमण भत्ता तथा अन्य सेवासुविधा स्वीकृत गर्नुका साथै कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको खर्च अनुमोदन गर्नेछ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले जेठ ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ ८ गतेभन्दा अघिसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको साधारणसभामा भाग लिन योग्य हुनेछन्।

सोमबार, २२ बैशाख २०८२, १० : ५२

प्रतिक्रिया