वैदेशिक रोजगार बीमाबाट जीवन बीमा कम्पनीले गरे २ अर्ब ५८ करोड रुपैयाँ आम्दानी

सोमबार, २२ बैशाख २०८२, ११ : ५५

काठमाडौं— चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा  वैदेशिक रोजगार बीमा बिक्रीमार्फत जीवन बीमा कम्पनीहरूले २ अर्ब ५८ करोड ७३ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चैत मसान्तसम्म ११ वटा जीवन बीमा कम्पनी र ३ वटा लघु जीवन बीमा कम्पनीले २४ लाख ६८ हजार २१९ वटा वैदेशिक रोजगार बीमालेख जारी गरेका थिए।

यस अवधिमा सबैभन्दा धेरै कारोबार सन नेपाल लाइफले गरेको छ। कम्पनीले ९८ करोड ५५ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दै कुल बजार हिस्साको ३८.०९ प्रतिशत ओगटेको छ।

त्यसैगरी दोस्रो स्थानमा एसियन लाइफ रहेको छ। कम्पनीले ६७ करोड ४७ लाख रुपैयाँ आम्दानी गर्दै बजार हिस्सा २६.०८ प्रतिशत बनाएको छ। तेस्रो स्थानमा रहेको नेपाल लाइफले १८ करोड ११ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ, यसले कुल बजारको ७ प्रतिशत हिस्सा समेटेको छ।

लघु जीवन बीमा कम्पनीहरूमध्ये लिबर्टी माइक्रो लाइफले सबैभन्दा धेरै बीमाशुल्क संकलन गरेको छ । लिबर्टीको बीमाशुल्क ४० लाख ८३ हजार रुपैयाँ रहेको छ । गार्डियन माइक्रो लाइफले ३१ लाख ७५ हजार रुपैयाँ र क्रेस्ट माइक्रो लाइफले ४ लाख ९६ हजार रुपैयाँ संकलन गरेका छन्।

सोमबार, २२ बैशाख २०८२, ११ : ५५

प्रतिक्रिया