काठमाडौं- नेकपा(एमाले) दुधौली नगर कमिटीले दुधौली नगरपालिकाका नगरप्रमुखमाथि लागेको बालिका बलात्कार आरोपको सत्यतथ्य छानबिन गर्न माग गरेको छ ।
यो पनि पढ्नुस्
बलात्कार आरोपी दुधौलीका मेयरलाई कारबाही गर्न माओवादीको आलटाल
दुधौली नगरपालिकाका नगरप्रमुख दिनेश अधिकारी दनुवारविरुद्ध जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा बालिका बलात्कारको किटानी जाहेरी परेपछि एमाले दुधौली नगर कमिटीले एक विज्ञप्ति जारी गर्दै सत्यतथ्य उजागर गर्न माग गरेको हो ।
यो पनि पढ्नुस्
दुधौली नगर कमिटीका अध्यक्ष खेटराज अधिकारी र सचिव चन्द्रबहादुर कार्की (रमेश)ले संयुक्त विज्ञप्ति जारी गर्दै बलात्कार आरोपी अधिकारीमाथि छानबिन गरेर दोषीलाई कारबाही गरी पीडितलाई न्याय दिन माग गरेका हुन् ।
यो पनि पढ्नुस्

प्रतिक्रिया