काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ल्याएको नीति तथा कार्यक्रमले सत्तारुढ दलका सांसदलाई नै उत्साहित गर्न नसकेको बताएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सत्तारुढ दलका सांसदको बेच्नमा देखिएको मौनताले नै यसबारे धेरै कुरा प्रष्ट पार्ने समेत जिकिर गरे।
‘राष्ट्रपतिले आगामी वर्षका नीति तथा कार्यक्रम बाचन गरिरहँदा सत्तारुढ दलका सांसदको बेन्चमा छाएको मौनताले नै नीति तथा कार्यक्रमबारे धेरै कुरा प्रतिबिम्बित गरेको छ,’ प्रचण्डले भने,‘सांसदहरुले किन टेबल नबजाएको भन्दै सम्माननीय प्रधानमन्त्रीले आफ्नै सांसदहरुसँग गरेको दुखेसो र नीति तथा कार्यक्रमलाई सर्मथन गर्न पटक–पटक दिएको निर्देशनले नै प्रष्ट पारेको छ।’
प्रतिक्रिया