झापामा ४ दिनमा ३३ कोरोना संक्रमित भेटिए, सबै भारतबाट आएका

शुक्रबार, ०९ जेठ २०७७, ०८ : ०४

झापाको कचनकवलमा चार दिनको अवधिमा ३३ जना कोरोना संक्रमित भेटिएका छन् । भारतको मुम्बईदेखि फर्किएका ३३ जनामा संक्रमण पुष्टि भएको हो ।  नयाँ पत्रिकामा खबर छ । 
योसँगै झापामा संक्रमितको संख्या ३५ पुगेको छ । यसअघि दमक र बाह्रदसीका दुईजना संक्रमित निको भएर घर फर्किसकेका छन् ।
सोमबार एक, मंगलबार नौ, बुधबार १५ र बिहीबार आठजना गरी ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिए ।  सबै खुला सीमाबाट लुकेर नेपाल प्रवेश गरेका थिए । 
भारतमा लकडाउन खुकुलो भएपछि जेठ सुरु भएयता उनीहरू स्वदेश फर्किएका थिए । कतिपयलाई भारतीय प्रहरीले नै सीमासम्म ल्याइदिएको कचनकवल गाउँपालिका अध्यक्ष अञ्जार आलम बताउँछन् । तर, सीमामा आएर नेपाल प्रवेश गरेका उनीहरू समुदायसम्म आइपुग्न नपाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख उपरीक्षक (एसपी) कृष्ण कोइरालाले बताए ।

शुक्रबार, ०९ जेठ २०७७, ०८ : ०४

प्रतिक्रिया