अनुदानमा  बीउ वितरण

शुक्रबार, ०९ जेठ २०७७, १४ : २०

बर्दियाको बाँसगढी नगरपालिकाले  ५० प्रतिशत अनुदानमा कृषकलाई  धानको बीउँ  वितरण शुरु गरेको छ ।  बीउ राख्ने समयमा किसानलाई उन्नत जातको  बीउको वितरण गरिएको कृषि शाखा प्रमुख लालबहादुर खड्काले जानकारी दिए । 

सामाजिक दूरी कायम गरी  वडा नं ७ बाट  वितरण शुरु गरेको  छ । बाँसगढी नगरपालिकाको वडा नं १ र ९ मा भने स्थानीय कृषि सहकारी संस्था तथा कृषक समूहमार्फत वितरण गरिनेछ ।

सो शाखाको आर्थिक वर्ष २०७६÷७७ को वार्षिकको स्वीकृत कार्यक्रमअनुसार १२७ क्विन्टल  बीउ वितरण गर्ने लक्ष्य रहेको जनाइएको छ ।  बर्दियामा ६० हजार हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । 
 

शुक्रबार, ०९ जेठ २०७७, १४ : २०

प्रतिक्रिया