मन्त्रिपरिषद बैठकले निर्णय गरेलगत्तै सरकारले संसदमा दर्ता ग¥यो संविधान संशोधन विधेयक

शुक्रबार, ०९ जेठ २०७७, १६ : ३८

मन्त्रिपरिषद बैठकले निर्णय गरेलगत्तै सरकारले संविधान संशोधन विधेयकमा संसदमा दर्ता गरेको छ । 

मन्त्रिपरिषद्को निर्णयलगत्तै अनुसार कानूनमन्त्री शिवमाया तुम्बाहाङफे संशोधन विधेयक दर्ता गर्न संसद सचिवालय पुगेकी थिइन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर बुधबार जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्ने निर्णय गरेको थियो ।

सरकारले ‘नेपालको संविधानको अनुसुचि ३ मा रहेको नेपालको निशाना छापभित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमा अनुरुप मिलाउन आवश्यक भएकाले’ संविधान संशोधन गर्नुपर्ने कारण देखाएको छ ।

शुक्रबार, ०९ जेठ २०७७, १६ : ३८

प्रतिक्रिया