क्रिमसन अस्पतालमा कोरोना कारण  मृत्यु भएका शिक्षकको शव शुक्रबार उठाइयो

शुक्रबार, ०९ जेठ २०७७, १६ : ४८

विहिवार क्रिमसन अस्पतालमा मृत्यु भएका कोरोना संक्रमित गुल्मी मदाने गाउँपालिका पुर्कोटदहका शिक्षकको शव उठाईएको छ । सेना र प्रहरीले बल प्रयोग गरेर शुक्रबार शव उठाएका हुन् । तर मृतकका आफन्तले भने जवरजस्ती शव उठाएको भन्दै असन्तुष्टि जनाएका छन् ।

मृतककी श्रीमतीले अस्पतालको लापरवाहीले श्रीमानको ज्यान गएको भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा छानविनको माग सहित निवदेन दिने तयारी गरेकी छन् ।

मृतकका आफन्तले अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै छानविन नभएसम्म शव नबुझ्ने अडान लिदै आएका थिए ।

शुक्रबार, ०९ जेठ २०७७, १६ : ४८

प्रतिक्रिया