गएको चौविस घण्टामा विश्वभर एक लाख सात हजार ५ सय ४५ जना नयाँ संक्रमित थपिएका छन् ।
वल्र्डओमिटरका अनुसार २४ घण्टामा पुष्टिभएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमण हो।
अघिल्लो दिन विश्वभर एक लाख ५ हजार ६ सय २९ जना नयाँ संक्रमित फेला परेका थिए।
यो संगै विश्वभर ५३ लाख ९८ हजार ३६ जना संक्रमित भएा छन्। उनीहरुमध्ये २१ लाख ५० हजार जना उपचारपछि निको भएका छन् भने ३ लाख ३९ हजार ४ सय १३ को मृत्यु भएको छ।
शुक्रबार एकै दिन अमेरिकामा २४ हजार २८ जना थपिएका छन् । अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या १६ लाख ४४ हजार ९ सय २५ पुगेको छ।
त्यसैगरी गएको २४ घण्टामा ब्राजिलमा १९ हजार ९ सय ६९ जना, रुसमा ८ हजार ८ सय ९८, चिलीमा ४ हजार भन्दा धेरै, बेलायतमा ३ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।
विश्वभर शुक्रबारमात्रै ५ हजार २ सय ४० जनाको मृत्यु भएको छ।
प्रतिक्रिया