ग्राण्डी अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि

शनिबार, १० जेठ २०७७, १४ : ४३

राजधानीको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

उनी काठमाडौंको गोकर्णेश्वरका स्थायी बासिन्दा भएको स्रोतले जनाएको छ । 

अस्पताल स्रोतका अनु्सार उनीमा केहीदिन अघि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा शनिबार कोरोनाको पुष्टि भएको हो ।  

शनिबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार काठमाडौंका एक जनामा कोरोना पुष्टि भएको उल्लेख थियो । 

कर्मचारीमा कोरोना पुष्टि भएसँगै अस्पताल सिल गर्ने तयारी गरिएको छ । 

शनिबार, १० जेठ २०७७, १४ : ४३

प्रतिक्रिया