सुर्खेतमा शनिबार थप ३ जनामा कोरोना संक्रमण

शनिबार, १० जेठ २०७७, १५ : २५

सुर्खेतमा शनिबार थप ३ जनामा कोरोना संक्रमण देखिएको छ ।  प्रदेश अस्पताल  सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले तीन जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।  

उनकाअनुसार प्रदेश अस्पताल सुर्खेतमा पीसीआर परीक्षण गर्दा तीन जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि थप परीक्षणका लागि नेपालगन्ज पठाइएकोमा त्यहाँ पनि पोजेटिभ नै नतिजा आएको हो । 
 
डाक्टर खड्काका अनुसार  संक्रमितमा सुर्खेत बराहताल गाउँपालिकाका २ जना र चौकुने गाउँपालिकाका १ जना रहेका छन् । उनीहरुलाई  प्रदेश अस्पताल सुर्खेतको आइसोलेसन कक्षमा राखिएको छ ।

शनिबार, १० जेठ २०७७, १५ : २५

प्रतिक्रिया