नारायणी अस्पतालमा उपचाररत ९ जनाले जिते कोरोना

शनिबार, १० जेठ २०७७, १८ : २४

काठमाडौं । पर्साको वीरगन्ज्स्थित नारायणी अस्पतालमा उपचाररत ९ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । उनीहरुमा गरिएको पछिल्लो परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै डिस्चार्जको तयारी गरिएको छ । 

शनिबार साँझसम्म उनीहरुलाई डिस्चार्ज गरिने नारायणी अस्पतालले जनाएको छ । 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले ९ जना कोरोनामुक्त भएको भन्दै उनीहरुलाई डिस्चार्जको तयारी गरिएको बताए । 

उनीहरुमध्ये बारा पर्सा र रौतहटका हुन् ।

शनिबार, १० जेठ २०७७, १८ : २४

प्रतिक्रिया