पाल्पाका पत्रकारको कोरोना बीमा

आइतबार, ११ जेठ २०७७, १८ : ५४

नेपाल पत्रकार महासघ पाल्पाले ८५ पत्रकारको कोरोना बीमा गरेको छ । कोरोना सङ्क्रमण बढिरहेका बेला जोखिम मोलेर पत्रकारिता गरिरहेका महासङ्घका सदस्यलाई  तानसेन नगरपालिकाको सहयोगमा रु एक लाख राशिको कोरोना बीमा गरिएको पत्रकार महासङ्घ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले बताए ।
 
प्रतिव्यक्ति रु ६०० मा सगरमाथा इन्स्युरेन्स कम्पनीसँग पत्रकार महासङ्घ पाल्पाले ८५ पत्रकारको बीमा गरेको हो ।  दुई पटकसम्मको रिपोर्टमा कोभिड– १९  पोजेटिभ देखिएको अवस्थामा पत्रकारले रु एक लाख पाउने छन् ।
 

आइतबार, ११ जेठ २०७७, १८ : ५४

प्रतिक्रिया