भारतको विभिन्न सहरबाट आएका बाराका २३ जना कोरोनाभाइरस संक्रमित

सोमबार, १२ जेठ २०७७, १४ : ४७

कोरोनाभाइरस संक्रमण पुष्टि भएका बाराका २३ जना भारतको विभिन्न सहरबाट आएको  खुलेको छ । 

महागढीमाई नगरपालिकाको विभिन्न वडाका २१ जना र आर्दश कोतवाल गाँउपालिकामा २ जना  गरी  २३ जनामा सोमवार कोरोना पुष्टि भएको थियो ।

विभिन्न ठाँउको क्वारेन्टाइनमा रहेको अवस्थामा उनीहरुको स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना पुष्टि भएको बाराका सिडिओ रुद्रप्रसाद पण्डितले बताए । 

सबैजना भारतको बिभिन्न सहरमा  रोजगारीमा रहेको र लकडाउनकै क्रममा बारा आएको सिडिओ पण्डितले जानकारी दिए ।

सोमबार, १२ जेठ २०७७, १४ : ४७

प्रतिक्रिया