सोमबार रौतहटमा पुष्टि भएका २६ जना संक्रमित सबै भारतबाट आएको , कुल संक्रमित ४७ पुगे

सोमबार, १२ जेठ २०७७, १५ : १२

जिल्लामा सोमबार पुष्टि भएका २६ जना कोरोनाभाइरस संक्रमित सबै भारतबाट आएको खुलेको छ । यससँगै रौतहटमा संक्रमितको संख्या ऋपुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौले रौतहटका थप २६ जनामा कोरोनाभाइरस संक्रमण पुुष्टि गरेको हो । 
 
राजपुर नगरपालिकाका विभिन्न वडाका २५ जना र इशनाथ नगरपालिकाका १ जनागरी २६ जनामा थप संक्रमणको पुष्टि भएको हो । 

सक्रमित सबैजना भारतको बिभिन्न शहरबाट काम  गर्दै लकडाउन पछि रौतहट आएका थिए । 

भारतबाट नेपाल आउनासाथ उनीहरुलाई सुरक्षा निकायले सीमाक्षेत्रबाट सिधै क्वारेन्टाइन लगेर राखेको रौतहटका सिडिओ बासुुदेव घिमिरेले बताए ।

क्वारेन्टाइनमा बस्दै आएका मध्ये राजपुरको ९६  र इशनाथ नगरपालिकाको २७ जना गरी  एकसय २३ जनाको स्वाब गत ६ गते जाँचका लागि काठमाण्डौ पठाएकोमा २६ जनाको पोजेटिभ पुुष्टि भएको सिडिओ घिमिरेले जानकारी दिएका छन् ।

सोमबार, १२ जेठ २०७७, १५ : १२

प्रतिक्रिया