पर्सामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

शनिबार, १७ जेठ २०७७, १८ : ४९

पर्सामा थप ५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

शनिबार नारायणी अस्पतालमा गरिएको परीक्षणमा पटेर्वा  सुगौलीका २२ वर्षीय २ जना ,२५ वर्षीय २ जना  र ३६ वर्षीय १ जना पुरूष गरी ५ जनामा संक्रमण पुष्टि भएको पर्साका  सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । 

उनीहरु भारतका विभिन्न स्थानबाट नेपाल आएपछि क्वारेन्टाइनमा बस्दै आएका थिए । 
यस्तै आजै बिहान पनि पर्साका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

शनिबार, १७ जेठ २०७७, १८ : ४९

प्रतिक्रिया